बाढीको चपेटामा बस पार्क

तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्थित बाल्दी खोला किनारमा नगरपालिकाले निर्माण गरेको बस पार्क गत हप्ताको बाढीको चपेटामा परेको छ । नगरपालिकाले बुल्दी खोला किनारमा तट्बन्धन गरी बस पार्क निर्माण गरेपनि वर्षैपिच्छे बुल्दी खोलामा आउने बाढीको चपेटामा पर्दा निर्माण गरिएका पूर्वाधारहरु क्षति पुग्ने गरेको छ ।
बसपार्कमा हालै गरिएको कालोपत्र पनि बाढीले सबै उप्काएर लगेको छ भने बसपार्क जाने खोला माथीको कजवेमा पनि बाढीले क्षति पुर्याएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










