डुम्रे बजार इकाई सभापतिमा भिके सर्वसम्म

भञ्ज्याङन्यूज

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाईको सभापतिमा हेमलाल भिके सर्वसम्मत चयन भएका छन् । इकाइको शुक्रबार सम्पन्न २८औं वाषिर्क साधारण सभा तथा १२औं अधिवेशनबाट हेमलाल भि.के.को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

बजार इकाईको उपसभापतिमा दिपक कुमार श्रेष्ठ, कोषाध्यक्षमा शुष्मा पिया, सदस्यहरुमा महोमद जलालदिन मिया, उदेशकुमार श्रेष्ठ, सुमन खत्री, दानबहादुर खड्का, सन्दिप खनाल, संजयलक्ष्मी श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र अर्जुन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

यस्तै, जिल्ला प्रतिनिधिहरुमा राजेश पिया र राम जोशी चयन भएको निर्वाचन संयोजक दिनेश कुमार श्रेष्ठले बताए ।

इकाई सभापति राजेश श्रेष्ठ राजुको सभापतित्वमा आयोजित अधिवेशन उद्घाटन समारोहमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, पूर्व अध्यक्ष घनश्याम श्रेष्ठ देवान, बन्दिपुर गाउँपालिकाका निर्वतमान अध्यक्ष पूर्णसिंह थापा, वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुबोध अधिकारी, बैकुण्ठ मिश्र, भानु नगर उद्योग वाण्ज्िय संघका सभापति कृष्ण कुमार श्रेष्ठ, महिला उद्यमी सरिता पिया लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा इकाइ सचिव बुद्धकुमार श्रेष्ठले प्रगति प्रतिवेदन र कोषध्यक्ष लक्ष्मण जोशीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker