व्यास-३ स्थित देउराली नगरको तटबन्धन गर्न माग

भञ्ज्याङ समाचारदाता/दमौली

मादीसेती नदी किनारस्थित व्यास नगरपालिका-३ देउराली नगर बस्ती जोखिममा परेको छ । नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ । सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीवासीको माग रहेको छ ।

बस्ती जोगाउन नदीमा तटबन्धन गर्न अतिआवश्यक देखिएकाले नगरपालिकालाई आग्रह गरिएको स्थानीय नमस्ते देउराली युथ क्लबका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो ।

स्थानीय नमस्ते देउराली युथ क्लबले मादी नदी किनारमा सेभेन साइड फुटबल खेलमैदानसमेत बनाएका छन् । डोजर लगाएर जग्गा सम्याएर फराकिलो बनाएपछि माटो ल्याएर फिलिङ गरिएको हो । व्यास नगरपालिका कार्यालय र स्थानीयवासीको करिब रु सात लाख आर्थिक सहयोगमा खेलमैदान निर्माण गरिएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा खेलमैदान निर्माण गरिएपछि त्यसक्षेत्रका युवायुवती फुटबल र भलिबल खेलका लागि उत्साहित भएर खेल्न थालेका छन् । खेलमैदान र देउराली नगरका बस्ती नदीले कटान गरी क्षति हुनसक्ने भएकाले समयमै सम्बन्धित निकायले ध्यान दिन आग्रह गरिएको स्थानीय बाबुराम बगालेले जानकारी दिनुभयो ।

नदी किनारमा तटबन्धन गरिए खेलमैदान र बस्ती जोगाउन सहयोग पुग्ने विश्वास गरिएको स्थानीयवासी बताउँछन् । व्यक्तिले हडपेर प्रयोग गर्दै आएको र्सार्वजनिक जग्गा देउराली नगरवासीको सक्रियतामा संरक्षण गरी खेलमैदान निर्माण गरिएको उहाँले बताउनुभयो ।

उक्त बस्ती संरक्षणका लागि व्यास नगरपालिका कार्यालयले चासो दिँदै आएको जनाइएको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको बीच भागमा मादीसेती नदी बग्ने गरेको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले समन्वय गरी मादीसेती नदी किनारमा तटबन्धन गर्ने योजना रहेको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker