व्यास-१ को भादगाउँ कराँदी खिरखाँदी खानेपानीमा दरै

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ स्थित भादगाउँ कराँदी खिरखाँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः चिजबहादुर दरै निर्वाचित भएका छन् । उपभोक्ता समितिको शनिबार सम्पन्न १ औं वाषिर्क साधारण सभा तथा ७औं अधिवेशनबाट दरैको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा रामकुमार गोशेली, सचिव राजेश्वर हड्खले र कोषाध्यक्षमा रिता र्घर्ती चयन भएका छन् ।

समितिको सदस्यहरुमा सन्त तामाङ, बाबुराम पन्थ क्षेत्री, गणेश गुरुङ, रामराज अधिकारी, कृष्ण भट्ट, कमला अधिकारी, राजेन्द्र परियार, देवी थापा, सुनिता सुनार, शान्ता खवास र बिरबहादुर दरै चयन भएको बताइएको छ ।

समितिको साधारण सभाको उद्घाटन गर्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले मादीनदी लिफ्टिङ सहलगानी आयोजनामा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बढ्दो बजारीकरणका कारण पानीको माग बढ्दै गएकाले खानेपानीको स्रोत पहिचान र व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने नगरप्रमुख न्यौपानले बताए ।

समितिका अध्यक्ष चिजबहादुर दरैको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख कृष्णराज घिमिर, नेकपा एमालेका प्रतिनिधी निर्मल पण्डित, नेकपा (माओवादी केन्द्र)का प्रतिनिधी केहरसिं -बादल) आले लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए

यस्तै, संस्थाको साधारण सभाका अवसरमा छाब्दी खानेपानीको डिपिआर गर्न सहयोग पुर्‍याउने अशोक कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरी खानेपानी बिभागका इन्जिनियर दिवाकर घिमिरे, खानेपानी डिभिजन कार्यालयका इन्जिनियर चिरञ्जीवि सेढाइ, इन्जिनियर हरिदत्त पौडेल, रामचन्द्र बस्नेत, रमेशचन्द्र हड्खले र आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेलाई समितिले सम्मान गरेको थियो । समितिले कर्मचारी तर्फप्लाम्बर सुख कुमार श्रेष्ठ, मीटर रिडर बिन्दु अधिकारी, जग्गादाता लगायतलाई समेत सम्मान गरेको थियो ।

उक्त संस्थाले मादी नदी लिफ्टिङ सहलगानी आयोजनाको लागि करिब रु. २६ करोड १५ लाखको लागतमा शुरु गरिसकेको जनाएको छ । ७० प्रतिशत नेपाल सरकारको र ३० प्रतिशत उपभोक्ताको सहयोगमा दीर्घकालिन रुपमा खानेपानीको समस्या हटाउन उक्त आयोजनाको शुरु गरिएको बताइएको छ । खानेपानी संस्थाले व्यास नगरपालिका-१ र १२ का गरी करिब २ हजार ५०० घरधुरीमा पानी बितरण गर्दै आएको जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker