गाउँमै रोजगारी

तनहुँको बन्दीपुर गाउँपालिका-५ मोहोरिया ढाडगाउँ सिंढी बाटो मर्मत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत श्रमिकहरु । मोहोरिया ढाडगाउँ रोजगार उपभोक्ता समिति अर्न्तर्गत सञ्चालित योजनामा स्थानीय १० जना अदक्ष श्रमिकले गाउँमै रोजगारी पाएका छन् । रोजगार कार्यक्रम मार्फत ३ लाख रुपैयाँ विनियोजित बजेटबाट निर्माण गरिने बाटोबाट स्थानीय ५० घर परिवार लाभान्वित हुने बताइएको छ । तस्विर : भञ्ज्याङ










