वंशु गुरुङको सम्झनामा तनहुँमा विजयोत्सव

दमौली : सिन्धुलीगढी विजयोत्सवका अवसरमा तनहुँको जसपुरस्थित सिकारी सरदार वंशु गुरुङका सन्तानहरुले विजयोत्सव मनाएका छन् ।
शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा आज उहाँको जन्मभूमिमा सिन्धुलीगढी दुई सय ५६औँ विजयोत्सव मनाइएको हो । सोही अवसरमा धधध।दबलकजगनगचगलन।यचन।लउ वेबसाइटको समेत शुभारम्भ गरिएको छ ।
सिन्धुलीगढीमा विश्वमै पहिलो पटक १८२४ साल असोज १५ गते अङ्ग्रेज फौजलाई पराजित गरेको दिनको स्मरणमा विजयोत्सव मनाइएको हो । सिन्धुली, काठमाडौँ र तनहुँको जसपुरमा विजयोत्सव मनाइएको छ । सिन्धुलीगढीको युद्धमा सिकारी सरदार वंशु गुरुङले अङ्ग्रेज फौजको ढाड हानेर तितर बितर पारेकाले उहाँको योगदान महत्वपूर्ण रहेको स्मरण गरिँदै आएको छ ।
जसपुरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक लगायतले वंशु गुरुङको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।
सो अवसरमा आर्थिक मामिलामन्त्री आलेले वंशु गुरुङलगायत सपुतहरुले सिन्धुलीगढीको युद्धमा विजय हासिल गरी गौरव बढाएकामा सम्मान व्यक्त गर्नुभयो । वंशु गुरुङलगायत वीरहरुको योगदान अतुलनीय रहेको भन्दै राष्ट्रिय विभूतिको सम्मान दिनुपर्ने उहाँको भनाइ थियो ।
नेपालले ठूलो युद्ध लडेको बताउँदै अङ्ग्रेजलाई हराउँदा विश्व नै चकित भएको मन्त्री आलेको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपालका गोर्खाली संसारभर नै प्रख्यात छन्, नेपालीले देखाएको वीरताले विश्वलाई चकित बनाएको छ ।”
वंशु गुरुङलाई मुलुकको विभूतिका रुपमा लिनुपर्ने बताउँदै मन्त्री आलेले भन्नुभयो, “उहाँले देश बचाउने काम गर्नुभयो, तर राज्यको कुनै तहले सम्मान नगरेको गुनासो आउने गरेको छ, नेपालमा हजारौँ सहिद भएका छन्, यस्ता विभूति छन् के के कारणले प्रक्रिया नपुग्दो रहेछ, अरू त अरू २००७ सालमा राणाशासनमा सहिद भएकाहरु पनि सहिदको सूचीमा समावेश हुन सकेका छैनन् ।”
नगर उपप्रमुख विकले वीर गोर्खालीले लडेर देश जोगाएको भन्दै वंशु गुरुङले अङ्ग्रेजविरुद्ध लडेर देशका लागि ठूलो योगदान पु¥याएको उल्लेख गर्नुभयो । नगरपालिकाका निवर्तमान प्रमुख किसान गुरुङले नेपाल राष्ट्र जोगाउन वंशु गुरुङलगायत वीरहरुको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।
सोही कार्यक्रममा पत्रकार डण्ड गुरुङलाई मन्त्री आलेले सम्मान गर्नुभएको छ । वंशु गुरुङको योगदानलाई खोज अनुसन्धान गरी सञ्चारमाध्यममा उजागर गर्न सहयोग पु¥याएको तथा प्रतिष्ठानले प्रकाशन गरेको स्मारिकामा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उहाँलाई सम्मान गरिएको स्मारिक प्रकाशन समितिका संयोजक लेख गुरुङले जानकारी दिनुभयो ।
जसपुरमा दुई वर्ष अगाडि वंशु गुरुङको सालिक निर्माण भएको थियो । राष्ट्र जोगाउने व्यक्ति वंशु गुरुङको सालिक यहाँ निर्माण हुँदा यस ठाउँकै गौरव बढाएको शुक्लागण्डकी–१२ का पूर्ववडाध्यक्ष मनराज गुरुङले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष लालजङ थापाले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो । प्रतिष्ठानले गत चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको थियो । प्रतिष्ठानले उहाँका नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत माग गरेको छ । शुक्लागण्डकीको तनहुँमा जन्मिएका गुरुङलाई प्रख्यात सिकारीका रूपमा लिइने गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker