घर–आँगनबाटै डेंगी नियन्त्रण गर्न तनहुँको भिमादमा अभिमुखीकरण

भिमाद : डेंगी रोगको संक्रमण बढ्न नदिन घर–आँगनदेखि समुदायस्तरसम्म सरसफाइ र लामखुट्टेको प्रजननस्थल नष्ट गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । तनहुँको भिमाद नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मीले यस्तो बताएका हुन् ।

कार्यक्रममा भिमाद प्राथमिक उपचार केन्द्रका प्रमुख सुदन अधिकारीले डेंगी नियन्त्रणका लागि सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

डेंगी सार्ने लामखुट्टेले घर, आँगन, टोल तथा सार्वजनिक स्थानमा जमेको सफा पानीमा समेत प्रजनन गर्ने भएकाले पानी जम्नसक्ने सम्भावित स्थान पहिचान गरी नियमित रूपमा नष्ट गर्नुपर्ने उनको भनाइ थियो ।

मेडिकल अधिकृत डा. निराजन विक्रम सिंह सुनारले डेंगीका लक्षण, संक्रमणबाट बच्ने उपाय तथा उपचारमा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए । ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिएमा स्वास्थ्यकर्मीको परामर्श लिन उनले आग्रह गरे ।

अभिमुखीकरणमा पानी राख्ने भाँडा नियमित सफा गर्ने, धाराका ट्यांकी तथा अन्य पानीका भाँडा ढाकेर राख्ने, गमला, पुराना टायर, बोतललगायतमा पानी जम्न नदिने र घरवरपर सरसफाइमा ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको थियो । लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाउने तथा आवश्यक सावधानी अपनाउनसमेत सहभागीलाई सुझाव दिइएको थियो ।

कार्यक्रममा वडा सदस्य, टोल विकास समितिका पदाधिकारी तथा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, महिला समूहका सदस्य, स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता थियो ।

सहभागीलाई घरदेखि समुदायसम्म डेंगी नियन्त्रणका लागि सरसफाइमा ध्यान दिन, लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्न तथा डेंगीसम्बन्धी गलत धारणा हटाउँदै सही सूचना समुदायमा पु¥याउन आग्रह गरिएको थियो ।

नगरपालिकाले आगामी दिनमा आवश्यकता अनुसार समुदायस्तरमा डेंगीसम्बन्धी सचेतना तथा लामखुट्टेको प्रजननस्थल खोजी–नष्ट गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker