गाउँ-गाउँमा विकासको मूल फुटाउनुपर्छ : नेता पौडेल

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ-गाउँमा विकासको मूल फुटाउनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गाउँमा प्रचुर सम्भावना रहेकाले गाउँ-गाउँमा विकासको गति बढाउनुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ नेता पौडेलले संघीयता कार्यान्वयनसँगै ग्रामीण भेगमा विकासको क्रम शुरु भए पनि उक्त गतिलाई बढाउन आवश्यक रहेको बताए । ‘खण्डहर बन्दै गएको गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पुर्‍याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्छ’, उनले भने, ‘गाउँमै हुर्किएको व्यक्ति भएकाले गाउँका सबै समस्या मलाई थाहा छ, म सोही अभियानमा छु ।’

वरिष्ठ नेता पौडेलले गाउँको विकासका लागि केही गरेन भनेर आरोप लाग्ने गरेको बताउँदै त्यस्ता आरोप लगाउनेले झन जिल्लामा विकासको सिन्को नभाँचेको टिप्पणी गरे । ‘रामचन्द्र पौडेलले केही गरेन भन्नेहरुले जिल्लाको विकासका लागि के गरे ? अब सोध्ने बेला आएको छ, मैलेजस्तो छाडेको थिएँ, त्यस्तै छ’, उनले बताए ।

वरिष्ठ नेता पौडेलले संविधानमा कुनै व्यक्तिले संसद् विघटन गर्न नपाउने प्रष्ट लेखेको हुनाले अदालतले उक्त कदम सच्याउनेमा आफू विश्वस्त रहेको बताउँदै जनताले ठूलो विश्वास गरेर कम्युनिष्टलाई मत दिए पनि सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

उनले व्यास नगरपालिका-१० खहरे, व्यास-७ को कलेस्ती, व्यास-७ छापथोक, व्यास-८ कोटथोक, व्यास-९ मेवाडाँडा, व्यास-१० दलभञ्ज्याङ, व्यास-९ को गैह्रीस्वारा, भानु-१३ पोखरीछाप, भानु-१३ को मिर्लुङ, बासपानी, बाँकेभञ्ज्याङ, व्यास-१२ को चन्द्रावती लगायतका ठाउँमा कार्यकर्ता भेटघाट गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker