पहिरोले तनहुँको श्रृंग मोटरमार्ग भाँसिएपछि मर्मत गरी सुचारु गराउने काम जारी

भञ्ज्याङ न्यूज

तनहुँको दक्षिण क्षेत्रमा पर्ने श्रृंग मोटरमार्ग अन्तर्गत देउराली-सुनाकोट सडकखण्ड पहिरोका कारण अवरुद्व बनेपछि यहाँका तीन पालिका मिलेर खोल्ने प्रयासमा लागेका छन् ।

जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाको साझेदारी लागतमा मंगलबारदेखि सडक खोल्ने कार्य अघि बढाइएको हो । गत मंगलबार परेको अविरल वर्षाका कारण सडक भासिएपछि अवरुद्ध सडकका कारण ठूला यातायातका सवारीसाधान ठप्प हुँदै आएको घिरिङ गाउँपालिकाले जनाएको छ ।

अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका-५ देउराली नजिकैको सडक पहिरिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गरी चार जिल्ला गुड्ने सवारीसाधन ठप्प हुँदै आएका छन् । सडक मर्मत गर्नुपरेकाले मंगलबारदेखि उक्त सडक खण्डमा यातायात र सर्वसाधरणका लागि आवतजावत बन्द गरिएको छ ।

जिल्लाको भिमाद हुँदै गुड्ने श्रृंगपथ सडक खण्डमा सडक भासिएपछि गत मंगलबारदेखि तनहुँसहित चार जिल्लाका र्सवसाधारणको आवागमन ठप्प हुँदै आएको छ ।

चार्डपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालको लागि दुबैतर्फ सवारी साधन सञ्चालनको ब्यवस्था मिलाएर यात्रुलाई गन्तव्यसम्म पुर्‍याइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker