भारतीय दूतावासको सहयोगमा आँवुखैरेनीमा क्याम्पस भवन निर्माण

तनहुँको आँवुखैरेनी गाउँपालिका–३ स्थित आँवुखैरेनी क्याम्पस भवन नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको छ । भारतीय दूतावासको दुई करोड ७३ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

उक्त भवनको विहीबार भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले थप २२ लाख रुपैयाँ सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले जानकारी दिए ।

वि.सं २०६९ फागुनमा निर्माण सुरु भएको उक्त भवन २०७२ मा निर्माण सम्पन्न भएको हो । दुईतले २४ कोठा भएको उक्त भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको
क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए ।

क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा रहेको प्रमुख देवकोटाले बताए । क्याम्पसमा तनहुँका अतिरिक्त गोरखा र चितवनका विद्यार्थी समेत अध्ययनरत छन् ।

भवन उद्घाटन गर्दै भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताए। गाउँपालिकाका अध्यक्ष चुमानले गाउँपालिकाका अन्य क्षेत्रमा पनि सहयोगका लागि भारत सरकारसमक्ष आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker