आदर्श आमा समुहमा नयाँ कार्यसमिति

तनहुँको व्यास नगरपालिका-१ नव आदर्श आमा समुहको २१औं साधारणसभा तथा १२औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सीता अधिकारिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

आमा समुहको उपाध्यक्ष पार्वती हड्खले, सचिव कल्पना हड्खले, कोषाध्यक्ष सुष्मा सिलवाल चयन भएका छन् भने, सदस्यहरुमा संगीता बिक, कमला जिसि, अन्जना गुरुङ, कल्पना अछामी, शर्मिला हमाल र सावित्रा लौडारी चयन भएको संस्थाका कानूनी सल्लाहकार एवं निर्वाचन संयोजक अधिवक्ता डम्बरदेव हड्खलेले जानकारी गराए ।

आमा समुहकी अध्यक्ष सावित्रा हड्खलेको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन सत्रमा वडा अध्यक्ष रमेश चन्द्र हड्खलेले शुभकामना व्यक्त गर्दै आमा समुहले सामाजिक क्षेत्रमा उदहारणीय काम गरेको चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker