तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको सोमबार उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।

उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिए । अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।

उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ । “स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भने, “आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker