तनहुँको शुक्लागण्डकीमा चक्कु प्रहारी गरी बुबाको हत्या, छोरा पक्राउ
भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकीकमा २६ वर्षीय छोराले चक्कु प्रहारी गरी ७६ वर्षीय बुबाको हत्या गरेका छन् ।
तनहुँको म्याग्दे गाउँपालिका-६ घर भई हाल शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित छोरी रस्मी विकको घरमा बस्दै आएका ७६ वर्षीय बुबा राप बहादुर विकलाई उनकै २६ वर्षीय छोरा दिपक विकले विहीबार दिउँसो करिब १४:१५ बजेको समयमा धारिलो हतियार (चक्कु) प्रहारी गरी हत्या गरेको तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराएका छन् ।
प्रहरीले उक्त घटनामा संलग्न दिपक बिकलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक रायाले बताए ।










