खानेपानी समस्या समाधानका लागि देवघाटमा ढुंगेधारा व्यवस्थापन गरिने

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकामा विकासको क्रममा धेरै अघि बढेतापनि कोभिड-१९ महामारीको समयमा शुद्ध पिउने पानीको अभावको समस्या समाधान हुन सकेको छैन । महामारीको समय सँगसँगै यहाँ खानेपानीको समस्य पनि उत्पन्न भएको बताएका छन् । महामारीको समयमा बाहिर हिड्डुल गर्न समेत डर लाग्ने अवस्थामा पनि असहज तरिकाले शुद्ध पिउने पानी लिनको लागि देवघाटको झलुङ्गे पुलमा रहेको पुरानो ढुङ्गेधारामा पानी भर्न जाने गरेका छन् । देवघाटका आम नागरिकहरूले लामो समयदेखि यस ढुङ्गेधाराको पानी उपभोग गर्दै आइरहेका छन् ।

देवघाट पुलको मुखमा घर हुनेहरूलाई त यस महामारीको समयमा पनि कुनै समस्या भएन तर देवपुर, सारूटोल, टउनचोक वरिपरि र अन्य ठाउँका नागरिकहरूले सधैं डोकोमा बोकेर कसरी जीवन गुजार्ने भन्ने स्थानीयवासिहरूको भनाइ रहेको छ । कोरोना महामारीको समय लगत्तै जताततै बाढीपहिरो जाने पानीका मुहानहरू पुरिने भएका पाइपहरू फुट्ने जस्ता समस्याले दिनानुदिन आफ्नै धारामा आउने पानी रोकिए पश्चात् वृद्धआमाहरू बढी चित्तत देखिन थालेका छन् ।

यही समस्यालाई मध्यनजर गर्दै देवघाट-५ पर्ने गणेश टोल विकास संस्था अन्तरगत पुलको मुखमा रहेको ढुङ्गेधारालाई कसरी व्यवस्थित गर्ने विषयमा वडा नम्बर ५ का वडाध्यक्ष यालवहादुर गुरूङको नेतृत्वमा छलफल गरिएको छ । करिब ४० वर्षभन्दा पहिलेदेखि दिनरात निरन्तर बगिरहेको पानीलाई व्यवस्थित गरेर स्थानीय ५०० घरधुरीलाई पुग्ने गरी वितरण गर्ने विषयमा छलफल भएको टोलका बासिन्दा अमृत घिमिरेले बताए ।

खानेपानी व्यवस्थापनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । गाउँपालिकाले ‘एक घर एक धारा’ भन्ने मुल नारालाई आत्मासाथ गर्दै त्यसलाई साकार पार्न र देवघाटका बासिन्दालाई घरघरमा पानी पुर्‍याउन टोलबासीले पहल गर्ने भएका छन् ।

देवघाट-५ का वडाध्यक्ष गुरूङले कार्यकाल चार वर्ष भैसक्दा पनि शुद्ध खानेपानीको राम्रो तरिकाले व्यवस्थित गर्न नसकेको बताउदै २०७८/०७९ को गाउँपालिकाको नीति तथा कार्यक्रम पास भैसकेको र त्यसमा नसमेटिएका योजनाहरू वडाको योजनामा समेटेर कार्यलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् । ढुङ्गेधाराको पानी देवघाटमा रहेका अधिकांस खानेपानी भन्दा राम्रो भएकोले त्यसलाई नै व्यवस्थित गर्न खोजीएको अध्यक्ष गुरूङले बताए ।

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले शुद्ध पिउने पानी देवघाटवासिहरूका लागि ढुङ्गेधाराको अति उत्तम हुने भएकोले त्यसलाई नै व्यवस्थित गर्न सुझाएका थिए । देवघाटमा अहिले मात्रै हैन पहिले पनि यस्तै समस्याहरू आइरहन्थ्यो समाधान गर्ने स्रोतहरू भएतापनि त्यसको व्यवस्थित हुन नसकेको वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनावस्तिले बताए । उनले प्रकृतिले दिएको संरचनालाई बुझेर व्यवस्थापन गर्न सकियो भने भावि पुस्ताहरूले अहिलेको जस्तो समस्यासँग झेल्नु र भोग्नु नपर्ने बताए ।

गणेश टोलका भुवन सिं गुरूङले युवाहरूले ल्याएको प्रस्तावको कदम अति नै आवश्यक रहेको बताउादै धन्यवाद प्रकट गरे । उनले त्यस धाराको पानीलाई व्यवस्थित गर्न सकियो भने देवघाटवासिलाई अन्तको पानी ल्याउनै नपर्ने बताउदैँ यसको व्यवस्थापन गर्न आफुले सक्दो सहयोग समेत गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker