तनहुँका १६ योजना कार्यान्वयनमा आएनन्

चालु आर्थिक वर्ष तनहुँमा सोह्रवटा योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएको हो ।

सडक योजना अन्तर्गत आठ र झेालुङ्गे पुल आठ वटाको निर्माण रोकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा दुइ सय ९५ योजनामध्ये एघार वटा योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

साउनदेखि चैत महिनाको हालसम्म नौ वटा मोटर मार्गको स्तरोन्नति र दुइ वटा गाडी गुड्ने पक्की पुल निर्माण गरिसकेको छ। ल्होचाडाँडा कृषि पर्यटन सडक अन्तर्गत व्यास-५, म्याग्दे-१,२,३ हुँदै भीमाद नगरपालिका जोड्ने सडक सम्पन्न भएको छ ।

उनका अनुसार व्यास-१० स्थित गोवर्द्धन मार्ग, व्यास-११ को बाराही रानी मार्ग, व्यास-१ को पुरानो छाब्दी मार्ग, व्यास-११ को मुक्तिनारायण मोटर मार्गको स्तरोन्नति कार्य गरिएको छ ।

त्यसैगरी, घिरिङ-५ को कामधेनु मोटर मार्ग, म्याग्दे-४ को छाङ-थर्पु मोटरमार्ग, बन्दीपुर-६ को तगारे बाँसपानी साम्दी मोटर मार्ग र भानु नगरपालिकाको बाँके-कवाचित कालीमाटी सडक मार्गको स्तरोन्नति कार्य सम्पन्न भएको छ। कूल तीन सय एघार योजनामध्ये सोह्र वटा योजना रु ३० लाख मुनिका रहेकाले रकमान्तर भई अन्य जिल्लामा सरी गएपछि हाल दुइ सय ९५ योजना निर्माण चरणमा रहेको उनले बताए। सडक निर्माणका लागि वार्षिक बजेट रु बाह्र अर्ब पैँतिस करोड ९७ लाख ३० हजार रहेको छ । योजनाको हाल ३१.५३ प्रतिशत वित्तीय प्रगति भएको सो कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker