सदस्यहरुको लागि वित्तिय साक्षरता गोष्ठी सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले समुहका सदस्यहरुका लागि गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयको सहजिकरण र खैरेनिटार शाखाको आयोजनामा बिहीबार कार्यक्रम सम्पन्न भएको हो । फ

कार्यक्रमको उद्घाटन गर्दै पोखरा अनुगमन विभागका अधिकृत अमृत लामिछानेले गोष्ठीको सहजिकरण गदै वित्तिय संस्थामा कारेवार गर्दा हुने फाइदाहरु, कर्जा कसरी सदुपयोग गर्ने, बचत कसरी गर्ने वित्तिय संस्थाको संरचना, वित्तिय संस्थाले गर्ने कार्यहरु, संस्थाको मोवाइल बैङकिङ सेवा साथै संस्थाले उपलब्ध गराएका सेवा सुविधा सम्बन्धमा समुहका सदस्यलाई जानकारी गराएका थिए। पछिल्लो समय केहि व्यक्ति समुहले वित्तिय संस्था प्रत्ति नकारात्मक भ्रम फैलाईरहेकोले तेसको पछि लाग्न नहुने उनले बताए ।

आफनो नाममा ऋण निकालेर अरुलाई दिने, ऋण लिएर सहि ठाउँमा प्रयोग नगर्ने र पछि संस्थालाई दोस दिने भएकाले यसमा समुह सदस्यसंग वित्तिय साक्षरताको ज्ञान हुन आवश्य रहेको उनले वताए ।

वित्तिय संस्थाबाट लिएको कर्जालाई सहि सदुपयोग गर्दा राम्रो लाभ हुने र वित्तिय संस्थाबाट कारोवार गर्दा राम्रोसंग बुझेर मात्र कारोवार गर्नुपर्ने शुक्लागण्डकी नगरपालिका-६ का वडा सदस्य बिमला पौडेलले बताइन् ।

संस्थाका सदस्य कल्पना दर्जीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ७० जना सदस्यहरुको उपस्थिति थियो । शाखामा १७९ वटा समुह रहेकोमा ३ वटा समुहलाई बार्षिक समुह मुल्याङकनको आधारमा पुस्कार वितरण गरिएको थियो । यस्तै, उत्कृष्ठ सफल व्यवसायी समुह नं. १११ समुहकी सदस्य टेक कुमारी थापालाई समेत सम्मन गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker