विविध कार्यक्रम गरी तनहुँमा गणतन्त्र दिवस मनाइने

विविध कार्यक्रम गरी तनहुँमा गणतन्त्र दिवस मनाइने भएको छ। गणतन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आइतबार बसेको बैठकले जेठ १४, १५ र १६ गते गरी तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।

गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन जिल्लास्थित राजनीतिक दल, कार्यालय, संघसंस्थासँग सहकार्य गरिने समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए ।

वाग्लेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसका अवसरमा विभिन्न कार्यालय तथा संस्थाको संयोजनमा दिवस मनाउने निर्णय गरेको छ । जसअनुसार जेठ १४ देखि १६ गतेसम्म घरघरमा दीपावली गर्नका लागि जिल्लावासीलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

यस्तै जेठ १४ गते जिल्लास्थित मठमन्दिर, धार्मिकसंस्था तथा गुम्बाहरुमा प्रार्थना, १४ गते नै उद्योग वाणिज्य संघको संयोजनमा सरसफाइ, नेपाल रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम, व्यास नगरपालिका शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ ।

१५ गते प्रभातफेरी र शुभकामना आदानप्रदान, नागरिक स्वास्थ्य जाँच, १६ गते दमौली अस्पतालमा फलफूल वितरण र १६ गते नै महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटबल गर्ने निर्णय भएको छ ।

बैठकमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेकपा -एमाले) तनहुँका अध्यक्ष हरिराज कंडेल, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक विश्व बास्तोला लगायत सरकारी कार्यालय प्रमुख एवं संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker