तनहुँ प्रहरीद्वारा मध्यरातमा गाडी रोकी तोडफोड गर्ने पक्राउ

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ ।

आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए ।

उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए । घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु७२प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker