पालिकास्तरीय भलिबल प्रतियोगिता

योङ कम्युनिष्ट लिग (वाइसिएल) तनहुँले दमौलीमा सञ्चालन गरेको प्रथम शहीद स्मृति कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै बन्दिपुर र ऋषिङ गाउँपालिकाका खेलाडीहरु । गोरखाका शहीद दिलबहादुर रम्तेलको स्मृतिमा वाइसिएल तनहुँले आयोजना गरेको प्रतियोगितामा जिल्लाका दश पालिका र आयोजक सहित ११ टिमको सहभागिता रहेको छ ।
फागुन २१ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथमलाई रु ५० हजार, दोस्रोलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । नेकपा (माओवादी) केन्द्रले वि.सं. २०५२ साल फागुन १४ गते दिलबहादुर रम्तेलको हत्या भएको दिन र झापा व्रि्रोह फागुन २१ गतेलाई स्मरण गर्दै फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










