देवघाटमा मोटरबोट सञ्चालन

भञ्ज्याङ समाचारदाता/भरतपुर

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्र्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुइ सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार मोटरबोट छोटो र लामो दूरीमा चलाइएको छ । छोटो दूरीमा देवघाटधामको वेणिसंगमबाठ नागकुण्ड, सूर्यकुण्ड, झोलुङ्गे पुल हुँदै तपोवनसम्म मोटरबोटको यात्रा गर्न सकिने छ। छोटो दूरीको शुल्क रु दुइ सय ५० तोकिएको छ ।

यस्तै लामो दूरीमा झण्डै आठ किलोमिटरको यात्रा गराइने छ । वेणिसङ्गमबाट गैँडाकोटको नरसिंह दिव्यधामसम्म लामो दूरीको यात्रा गराइने उहाँले बताउनुभयो । लामो दूरीको शुल्क निर्धारणको क्रममा रहेको उहाको भनाइ छ ।

भरतपुर महानगरपालिकाबाट स्वीकृति लिएर मोटरबोट सञ्चालन गरिएको शर्माले जानकारी दिनुभयो । मोटरबोटको क्षमता १० जनाको छ । देवघाटमा चितवनबाट तनहुँतर्फ आवतजावतका लागि डुङ्गा नियमित सञ्चालनामा छन् ।

जलयात्रामा मनोरञ्जन लिन चाहने धार्मिक पर्यटकलाई केन्द्रित गरेर मोटरबोट सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो । उहाँले मोटरबोट सञ्चालनपछि देवघाटमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मोटरबोटले मौलाकालिका र देवघाटधामलाई जोड्ने पुलको काम गर्ने उहाँको भनाइ छ । देवघाटधाममा दैनिक सयौं भक्तजन दर्शन र स्नानका लागि आउने गर्छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker