वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, तनहुँमा नाबालिका बलात्कारका तीन घटना

दमौली । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाट गाउँपालिका–५ की बालिकामाथि जबरजस्ती करणी भएको हो । प्रहरीले यस घटनामा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २२ वर्षीय ईश्वर थापा मगरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार थापाले आफूलाई वीर अस्पतालमा कार्यरत डाक्टर सागर मगर भनेर चिनाएका थिए । सामाजिक सञ्जालमा समेत उनले डा. सागर मगर (एमबीबीएस यूडीटीसी बंगलादेश) भनेर राखेका थिए ।

उनले गत जेठ ५ गते नाबालिकामाथि जबरजस्ती करणी गरेकोमा असार ३० गते पक्राउ गरिएको हो । उनलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नाबालिकामाथि बलात्कारका थप दुई घटना

यता तनहुँमा नै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्रबहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

यसैगरी मकैबारीमा लगेर १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँ भिमाद नगरपालिका–७ बस्ने ३१ वर्षीय वीरेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार २५ गते ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker