मानुङकोटमै व्यवस्थित होटल र भ्यू टावर निर्माण

तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा व्यवस्थित होटल र भ्यू टावर निर्माण गरिएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको हो । दमौलीका बासिन्दा चूडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा होटल भ्यू टावर सञ्चालनमा ल्याउन लागेका हुन् । प्राकृतिक रुपमा मनोरम मानुङकोट पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ ।

विशेष गरी बिदाको दिनमा मानिसहरुको भीड नै लाग्ने गर्दछ । यसक्षेत्रको विकासको लागि व्यास नगरपालिकाले बजेट विनियोजन गरी सडक, खानेपानी तथा आवश्यक पूर्वाधार निर्माणलाई प्राथामिकतामा राखेको छ । एक रोपनी क्षेत्रफल जग्गा खरिद गरी भौतिक संरचना निर्माण सहित करिब ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक चूडामणि दाहालले बताए। पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चार वटा एटेज ट्वाइलेट बाथरुम रहेको र गु्रपमा आएमा कम्तिमा पचास जनासम्मलाई राख्न सक्ने क्षमताको रहेको बताइएको छ ।

होटलमा तालिम, गोष्ठी सहितको उक्त क्षमतामा मानिसहरुलाई व्यवस्थित तरिकाले राख्न र सेवा प्रवाह गर्न सकिने सञ्चालकहरु बताउँछन् । जेनतेन बसौ भने अहिले पनि आएर बस्न मिल्ने अवस्था भएपनि पूर्णरुपमा तायरी नभएको बताइएको छ ।

खानेपानीको चरम समस्या रहेको मानुङकोटमा पानीकै कारण त्यसक्षेत्रका बासिन्दाहरु दमौली बजार आसपास क्षेत्रमा बसाइसर्राई गरेका छन् । होटल संञ्चालनसंगै ट्याङकरबाट पानी ल्याएर व्यवस्थित गरी ग्राहकलाई सेवा प्रवाह गर्ने तयारी गरिएको छ ।

स्थानीय मगर समुदायका मौलिकता, खानेकुरा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक र स्थानीयस्तरमा उत्पादित तरकारीलाई प्राथामिकता दिइने अर्का सञ्चालक कुमार कञ्चन जिसीले बताए । केही कार्य निर्माणधिन अवस्थामा रहेकोले निर्माण सम्पन्न पश्चात मगर समुदायका कला संस्कृति प्रस्तुत गरेर आगन्तुक पर्यटकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको सञ्चालक प्रेम राउतले बताए ।

मानहुँकोटबाट दमौली बजार लगायतका मनोरम दृश्यको अवलोकन गरी पर्यटकहरुले भरपूर मनोरञ्जन लिन सक्नेछन्। तनहुँको सदरमुकाम दमौलीबाट करिब ८ किलोमिटर दुरीमा मानुङकोट अवस्थित छ । व्यास-५ को चापाघाटदेखि मानुङकोटसम्मको सडक स्तरोन्नति गर्दै कालोपत्रेको लागि व्यास नगरपालिकाले बजेट समेत बिनियोजन गरी निर्माण कार्य भैरहेको छ । नुङकोटमा र्सार्वजनिक शौचालय र खानेपानीको सुविधा पुर्‍याउन समेत नगरपालिकाले प्रथामिकता दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker