तनहुँमा ७७१ उद्योग दर्ता, २६२ उद्योग बन्द

तनहुँमा आर्थिक वर्ष २०८०/०८१ ७७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ ३९८ र वाणिज्यतर्फ ३७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार १३७ उद्योग नवीकरण भएका छन् ।
उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा २६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ ८१७ नवीकरण र २७० फार्म बन्द भएका हुन् ।
आव २०७९/८० मा जिल्लामा ६०३ उद्योग दर्ता भएका थिए । सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व संकलन भएको छ । आव २०७९/८० मा रु ६६ लाख चार हजार १६५ राजस्व संकलन भएको थियो ।










