जेसिआइद्वारा पत्रकार आचार्य सम्मानित

नेपाल पत्रकार महासंघ तनहुंकी सदस्य सुनिता आचार्य शनिबार एक कार्यक्रमकाबीच सम्मानित भएकी छन् ।
जेसिआइ व्यास नगरको ३१औं पदस्थापना कार्यक्रमको अवसरमा आचार्यलाई सम्मानपत्र तथा नगद पाँच हजार सहित सम्मान गरिएको हो । आचार्यलाई जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीले सम्मान गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहेको भन्दै आचार्यलाई सम्मानित गरिएको हो । पत्रकारिताको माध्यमबाट जेसिआइका गतिविधिलाई प्रचारप्रसारमा सहयोग गरेवापत सम्मानित गरिएको अध्यक्ष पुरीले जानकारी दिए । आचार्य ईबाराही डटकमकी सम्पादक, दमौली एक्सप्रेस साप्ताहिककी उपसम्पादक हुन् ।










