नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक १० घण्टा आंशिक बन्द हुने

तनहुँ : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा आज भदौ २२ गतेदेखि दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ ।
तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन सवारी साधनको आवागमन निश्चित समयका लागि रोक्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म, दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द रहनेछ ।
यसैगरी, बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, बिहान १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सडकमा सवारी आवागमन खुला रहनेछ । हाल मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक मर्मतको काम भइरहेकाले नयाँ ट्र्याक खोलेर आवागमन सहज बनाउन केही समय लाग्ने भएको छ । सोही कारण नारायणगढ–मुग्लिन सडकमा समेत सवारी साधनको चाप कम रहेकाले यही समयको सदुपयोग गर्दै तुइन खोलामा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले तोकिएको कार्यतालिकालाई ध्यानमा राखेर मात्रै यात्रा तथा सवारी सञ्चालनको योजना बनाउन यात्रु र चालकलाई अनुरोध गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker