६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।
७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको छ ।










