अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकलामा पवित्राकी आयुषा प्रथम

दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर माध्यमिक विद्यालयमा बुधबार आयोजित अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माविका आयुषा श्रेष्ठ प्रथम भएकी छन् ।
नेपाल रेडक्रस सोसाइटीको ६३औ स्थापना दिवका अवसरमा युवा रेडक्रस सर्कल पराशर माविको आयोजनामा भएको प्रतियोगितामा दमौलीस्थित सत्यवती माविकी साक्षी वाग्ले द्वितीय, जामुनेस्थित राधा माविका प्रवेश पण्डित तृतीय र दमौलीस्थित गोरखकाली आमाविका जेसीका पण्डितले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका २२ जना विद्यार्थीको सहभागिता रहेको पराशर माविका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका उपमहासचिव कृष्णचन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, युवा रेडक्रस सर्कल पराशर माविका अध्यक्ष विष्णुमाया थापा, विद्यालयका प्रधानाध्यापक संरक्षक एवं प्रदेश नेपाल सोसाइटी गण्डकी प्रदेश महासचिव रामदत्त पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker