दमौली अस्पताललाई एनेस्थेसिया अपरेशन उपकरण सहयोग, अपरेशन गर्ने बाटो खुल्यो

दमौली : तनहुँको दमौली अस्पतालमा बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको छ । हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन नसकेकामा अब त्यसखालका अपरेशन गर्ने बाटो खुलेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेको छ । हाल मध्यमखालका अपरेशन समेत हुन नसकेकामा एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाएका हुन् ।
मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्व्य समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख परिवर्तन बरालले उपकरण सहयोग मागेका थिए । लगत्तै मन्त्रालयबाट यस्तो सहयोग पठाइएको हो ।
अस्पाल प्रमुख बरालले एनेस्थेसिया वर्किग स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन १ थान र मोनिटर १ थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।
हाल दुई चिकित्सकसमेत व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका अपरेशन गर्न सक्ने प्रमुख बरालले जानकारी दिए । ‘उपकरण नभएर रोकिएको हो’, उनले भने, ‘अब बेहोस बनाउनुपर्ने साधारण अपरेशन थाल्न सकिन्छ । पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अपरेशन सेवा पनि प्रदान गर्ने गरी अगाडि बढेका छौ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker