भानुमा दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान प्रदान

भानु । तनहुँको भानु नगरपालिकाले कृषकलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ ।
नगरपालिकाले प्रगती दुग्ध उत्पादक सहकारी संस्था भानु–८ बगाले र कालिका दुग्ध उत्पादक सहकारी भानु–९ अर्चलधारा विच सम्झौता गरी अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
स्थानीय प्रगती दुग्ध उत्पादक सहकारी संस्था र कालिका दुग्ध उत्पादक सहकारीले उपलब्ध गराएको विवरणको आधारमा नगरपालिकाले प्रतिलिटर दुधमा ३ रुपैयाँ दरले अनुदान रकम उपलब्ध गराइएको उनले बताए।
अनुदान कार्यक्रम अन्तर्गत दुई सहकारीमा आवद्ध रहेर दूध बिक्री गर्ने किसानहरुका लागि ४ लाख २० हजार रुपैयाँ उपलब्ध गराईएको पशु सेवा प्राबिधिक अमित ढुंगानाले बताए । सहकारीले नगरपालिकासंगको सम्झौता अनुसार सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण भानु नगरपालिकालाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। दुधको मूल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा निर्धारण गर्ने गरिएको छ ।
नगर प्रमुख आनन्दराज त्रिपाठीले भानुलाई दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाई अनुदान दिँदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । उनले भानुबाट आगामी आर्थिक वर्षमा गाई पालन गर्ने कृषकलाई अधिकतम ५० हजार रुपैयाँसम्म सहयोग अनुदान दिने नीति ल्याइएको बताए ।
स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवालाई व्यवसायीक कृषि र पशुपालन व्यवसायमा आकर्षित गर्न नगरपालिकाले उत्पादित उपजको बजार व्यवस्थापनको ग्यारेन्टीसंगै औषधि, वीमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख त्रिपाठीले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker