क्षेत्रीय होटल संघ तनहुँमा नयाँ कार्यसमिति, अध्यक्षमा शाही

भञ्ज्याङ समाचारदाता/दमौली

क्षेत्रीय होटल संघ तनहुँको सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । दमौलीमा विहीबार सम्पन्न अधिवेशनले जीवन शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा चन्द्रकुमार कायस्थ र विपिन प्रधान, महासचिवमा रामचन्द्र खड्का, कोषाध्यक्षमा विज्ञान कैनी र सचिवमा सुनिता पन्थ चयन भएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

संघको सदस्यमा लक्ष्मण जोशी, गणेश खत्री, सुनिल खड्का, सुरज गुरुङ, विनिता सेढाइ क्षेत्री, सुजना श्रेष्ठ, भावना अधिकारी, इश्वर लामिछाने र सुनिलबहादुर अधिकारी चयन भएका छन् ।

यस्तै, अधिवेशनको उद्घाटन गर्दै होटल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रको विकास र उत्थानका लागि होटल एशोसिएशन हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए।

कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय होटल संघ तनहुँका सल्लाहकार एवं चेम्बर अफ कमर्सका अध्यक्ष महेन्द्रमोहन भट्टराइ, हानका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, लव कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघले विधान परिमार्जन गरी क्षेत्रीय होटल संघ तनहुँलाई होटल संघ तनहुँ बनाएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष खनालले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker