विद्यार्थीको आलुखेती

तनहुँको भानु नगरपालिका–९ बाइसजंघारस्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीहरु स्थानीय अभिभावकहरूको जग्गामा आलु खेती गरेका छन् । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई होस्टेलमा राखी अध्यापन गराउने क्रममा उनीहरूको उपभोग र सुविधाका लागि आलुखेती गरिएको विद्यालयले जनाएको छ ।


विद्यार्थीले २ रोपनी जग्गामा ७० किलो आलु रोपेका छन् भने अन्य थप जग्गामा विभिन्न खालका तरकारीहरू लगाएका छन् । यस प्रकारको कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि श्रमप्रति सम्मान गर्ने, श्रम र कृषिको महत्व बुझाउने र गाउँघरमा खाली रहेको जग्गामा कृषि कर्मबाट उत्पादन वृद्धि गरी व्यवसायिक हिसाबले आयआर्जनको माध्यम कृषिलाई बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश दिनेछ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker