प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, कांग्रेस तनहुँले तीन दिन पार्टीको झण्डा झुकाउने

दमौली : प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो । विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा उनले अग्रपंक्तिमा रहेर काम गरेका थिए। उनका मंगलबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
नेपाली कांग्रेस तनहुँका पूर्व उपसभापति समेत रहेका श्रेष्ठको निधनमा पार्टीको झण्डा तीन दिन झुकाइने भएको छ । कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बुधबार प्रेस विज्ञप्ती जारी बुधबार पार्टी कार्यालय बन्द गरी पार्टीको झण्डा तीन दिन झुकाउने र पार्टी एवं भातृसंस्था एवं शुभेच्छुक संस्थाका कार्यक्रम स्थगित गर्ने निर्णय भएको जनाएका छन् ।
स्व. श्रेष्ठले २००७ सालको बन्दीपुर लगायतका जनक्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह एवं २०४६ सालको जन आन्दोलन र २०६२/०६३ को संयुक्त जन–आन्दोलन लगायतका संघर्षहरुमा दिलोज्यानले समर्पित भएको व्यहोरा स्मरण गर्दै नेपाली काँग्रेस तनहुँले लोकतन्त्रका अथक योद्धा गुमाएको महशुस गरेको जनाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker