तनहुँमा करिब १६ हजार निजी धारा जडान

तनहुँ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले करिब १६ हजार निजी धारा जडान गरेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाभरि १५ हजार नौ सय ९४ वटा निजी धारा जडान गरिएको हो ।
निजी धारा जडानपछि पानी वितरण हुँदा दुई लाख ९८ हजार १६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका डिभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी  दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा दुई हजार निजी धारा जडान गरिएको थियो । उक्त धारा जडानपश्चात् चार हजार सात सय ८० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
जिल्लामा हालसम्म ९२ प्रतिशत नागरिकमा शुद्ध खानेपानीको पहुँच पु¥याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । “शत्प्रतिशत घरमा खानेपानी सेवा पु¥याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेको छ”, इञ्जिनियर लोहनीले भन्नुभयो, “कतिपय अवस्थामा पर्याप्त बजेट नहुँदा आयोजनाको काम प्रभावित हुने गरेको छ ।” उहाँका अनुसार झाप्रेखोला कैडले खानेपानी, म्याग्देको भकुन्थोक बेलटार खानेपानी, सरङघाट, केशरी खानेपानी, व्यासको बेलटारी डिप बोरिङलगायत केही योजना रकम अभाव र मुहान विवादका कारण सम्पन्न गर्न सकिएको छैन ।
सङ्घीय सरकारबाट योजना ससर्त अनुदानमा रु २७ करोड ५० लाख र प्रादेशिक खानेपानी आयोजनातर्फ रु २१ करोड ९१ लाख बजेट विनियोजन भएको थियो । विशेष अनुदान खानेपानी आयोजनामा रु १४ करोड र खानेपानी सेवा विस्तार तथा पुनःस्थापनाअन्तर्गत रु २६ करोड ६८ लाख बजेट विनियोजन भएको इञ्जिनियर लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले गत आवमा भौतिक प्रगति ९४ र वित्तीय प्रगति ९२ दशमलव ५१ प्रतिशत हासिल गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker