मादी नदीमा मत्स्य संरक्षणका लागि सचेतना

दमौली : मादी नदी मत्स्य संरक्षण योजनाले लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारमा मादी नदी मत्स्य संरक्षणका लागि सचेतना कार्यक्रम गरिएको छ । स्थानीय बासिन्दा र सरोकारवालालाई मादी नदीको मत्स्य संरक्षणका महत्वपूर्ण पक्षका विषयमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मत्स्यविज्ञहरुले मादी नदीमा माछा प्रजनन्को महत्त्व र यसलाई संरक्षण गर्ने उपायहरूबारे सहजिकरण गरेका थिए । असारदेखि भदौ महिनासम्म माछाको प्रजनन्को समय रहने भएकाले उक्त अवधिमा मादी नदीमा माछा नमार्न र विद्युत प्रवाहको प्रयोग गरेर माछा नमार्न पनि सहभागिहरुलाई सचेत गराइएको थियो । यस्ता गतिविधिलाई ध्यान दिन सकेमा मादी नदीको जैविक विविधता र माछा प्रजनन्लाई सुदृढ बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा सहभागीलाई मादी नदीमा प्रतिबन्धित क्रियाकलाप गर्ने व्यक्तिहरू समक्ष कानूनी कारबाही गर्ने प्रक्रिया र यसका नकारात्मक प्रभावका बारेमा पनि जानकारी गराइएको थियो । यसले स्थानीय समुदायलाई नदीको पारिस्थितिकी संरक्षणमा सहकार्य गर्न उत्प्रेरित गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमका सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम पनि दिइएको थियो । तालिमका क्रममा आर्थिक व्यवस्थापन र बचतका महत्त्वपूर्ण पक्षहरूबारे चर्चा गरिएको थियो, जसले समुदायको समृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । मादी र सेती नदीको संगमस्थल दमौलीदेखि कास्कीको भैंसेपुलसम्म ४५ किलोमिटरको क्षेत्रफलमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइने बताइएको छ।
सेती नदीमा निर्माण हुने तनहुँ जलविद्युत आयोजनाको १४० मिटर अग्लो बाँधले नदीको प्राकृतिक बहावमा अवरोध पु¥याउने र रैथाने माछाका प्रजातिहरूको जीवन संकटमा पर्ने सम्भावना रहेको हुँदा मादी नदीमा माछा संरक्षणका कार्यक्रम अगाडि बढाइएको छ ।
व्यास नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७, १०, मध्य नेपाल नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, रुपा गाउँपालिकाको वडा नं. १, ३, ७ र मादी गाउँपालिकाको वडा नं. ४, ५, ९, १०, ११, १२ लाई प्रभावित क्षेत्रका रुपमा समावेश गरिएको छ । उक्त सचेतना कार्यक्रमले स्थानीय समुदायलाई मादी नदीको मत्स्य संरक्षणमा योगदान दिनका लागि प्रेरित गर्ने विश्वास गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker