तनहुँको व्यासमा ५ जना नयाँ कोरोना संक्रमित थपिए

भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा आज ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा व्यास नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास-२ का ४२ र ५९ उमेर समुहका, व्यास-३ का ३४ वर्षीय पुरुष र २४ वर्षीया महिला र व्यास-४ का ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन ।
यी सहित तनहुँमा संक्रमितको संख्या ५१४ जना पुगेका छ भने संक्रमित मध्ये ३९९ जना निको भएर घर फर्किएका छन ।