भानुको थानीमाई मन्दिर क्षेत्रमा वृक्षारोपण

भानु : तनहुँको भानु नगरपालिका–७ स्थित बसन्तपुरको थानीमाई मन्दिर क्षेत्र भित्र वृक्षारोपण गरिएको छ। नेपाल वन पैदावार उद्योग व्यवसायी संघ तनहुँले आइतबार विभिन्न प्रजातिका करिब ३५० बिरुवा रोपण गरेको हो ।
संस्थाको वार्षिक योजना अनुसार वृक्षारोपण गरिएको संघका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी गराए । केवल रुख काटेर मात्र नहुने, त्यससँगै बिरुवा रोप्ने र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
उनले भने, ‘वन क्षेत्रमा बुढा रुखहरू उपयोग नहुँदा खेर गइरहेका छन् । सरकारद्वारा उल्टै विदेशी काठ, युपीभीसी र आल्मुनियमका सामानहरू आयातमा जोड दिनुले देशको अर्थतन्त्र बाहिरिरहेको छ । पुराना रुखहरूलाई व्यवस्थापन गरी वृक्षारोपणमा सुधार गर्नुपर्दछ ।’
डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डेले वर्षमा कति बिरुवा रोपियो भन्नेभन्दा पनि कति बिरुवा संरक्षण गरियो भन्ने कुराले वृक्षारोपणको सार्थकता देखाउने बताए । उनले वृक्षारोपणलाई सफल बनाउन सबै पक्षबाट सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, भानु नगरपालिका–७ का वडा सदस्य सन्तबहादुर थापा, थानीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker