अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख आचार्य घाइते

पोखरा : पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुनमा आगलागी हुँदा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन । कार्यक्रमको प्रमुख अतिथिमा अर्थमन्त्री पौडेल थिए भने अध्यक्षता आचार्यले गरेका थिए ।
डिजिटल रुपमा स्विच थिचेर स्वतः पानसमा बत्ती बलेको थियो । पोखरा भ्रमण वर्ष २०२५ लेखेको २ ब्यानरसहित थुप्रै बेलुनको दुईवटैै पोकाहरु उडाएर भ्रमण वर्षको सुभारम्भ गर्ने क्रममा बेलुनमा आगो सल्किएको थियो ।
बेलुनको आगो पौडेल र आचार्यको टाउकोमा खसेको थियो । आचार्यको देब्रे गाला र कपाल डढेको छ । पौडेलको कपाल डढेको छ कानबाट रगत बगेको छ । दुबै जनालाइ उपचारका लागि अस्पताल पुराइएको छ ।