तनहुँका पत्रकार नहर्कीलाई मोफसल पत्रकार सम्मान

दमौली : तनहुँका पत्रकार अमरराज नहर्की ‘मोफसल पत्रकार’ पुरस्कारबाट भक्तपुरमा सम्मानित भएका छन् । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका–४ दुईपोखरी, मध्यपुर थिमि नगरीमा सम्पन्न पाँचौ एपिक नेपाल म्युजिक अवार्डको अवसरमा उनलाई सम्मान गरिएको हो ।
प्रथम महिला राधिका शाक्यले गोरखापत्र दैनिकमा तनहुँबाट कार्यरत पत्रकार नहर्कीलाई सम्मानपत्र प्रदान गरेकी थिन । मोफसलमा रहेर पत्रकारिता सेवामा निस्वार्थ कर्म गर्दै पत्रकारिता मार्फत आम नेपाली जनता र देश प्रतिको हितमा अबिरल लाग्दै विचलित नभई नेपाली पत्रकारिता, स्वदेशी चलचित्र, भाषा, साहित्य र बिबिध विषयमा समसामयिक राष्ट्रिय गतिविधीहरुमा संलग्न भई योगदान पु¥याएकोले सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
यस्तै पत्रकारिताको माध्यमबाट नेपाली गीत संगीत र चलचित्रको विकास श्रीवृद्धि गर्न अविछिन्न रुपमा पु¥याउनु भएको अमूल्य योगदानको उच्च सम्मान गर्दै पाँचौ एपिक नेपाल म्युजिक अवार्ड–२०८१ को अवसरमा मोफसल पत्रकार सम्मानबाट सम्मान गरिएको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker