नेपाल महिला संघ बन्दिपुर गाउँ कार्यसमितिको प्रशिक्षण
भञ्ज्याङ समाचारदाता/डुम्रे

नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गर्दै नेपाल महिला संघ बन्दिपुर गाउँ कार्यसमितिको प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति एवं ब्यास नपाका प्रमुख बैकुण्ठ नैपानेले पार्टीमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेकाले महिलाहरु अग्रसर हुनु पर्नेमा जोड दिए । कांग्रेसको आगामी १४औं अधिवेशनमा विवाद रहित ढँगले निर्वाचनमा भाग लिन कार्यकर्तालाई आग्रह गर्दै सामाजिक क्षेत्रमा महिलाहरुको भूमिका महत्वपूर्ण र जिम्मेवारीपूर्ण हुने हुँदा नेतृत्व तहमा पनि महिलाहरु अग्रसर हुनुपर्ने बताए ।
काँग्रेस जिल्ला सचिब विश्व बास्तोलाले १४औं महाधिवेशनमा महिलाहरुको भूमिका, अवसर र चुनौती बारे प्रशिक्षण दिएको जिल्ला कोषाध्यक्ष रेशम गुरुङले जानकारी गराए । नेपाल महिला संघ बन्दिपुर गाउँ कार्यसमितिकी उप-सभापति रिता तिवारीको सभापतित्वमा आयोजित कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ, महिला संघ तनहुँकी सभापति पवित्रा पौडेल, म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना, ब्यास नगरपालिका उप-प्रमुख मिरा जोशी, आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, काँग्रेस जिल्ला सह-सचिव केशबहादुर सुनार, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, आनन्दराज त्रिपाठी, काँग्रेस बन्दिपुरका सभापति कर्ण खत्री लगायतले १४औं महाधिवेशनमा महिलाहरुको भूमिका, अवसर र चुनौती विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
नेपाल शिक्षक संघकी सह-सचिब शान्ता बास्तोलाले गीत मार्फत सबै महिलाहरु एकजुट हुन आग्रह गरेकी थिइन् भने महिला नेतृ सरिता पियाले स्वागत नेपाल महिला संघ बन्दिपुरकी सचिब सीता थापाले सहजिकरण गरेकी थिइन् ।










