कर्मचारी मिलन केन्द्रमा रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
भञ्ज्याङ समाचारदाता (दमौली)

कर्मचारी मिलन केन्द्र तनहुँको अध्यक्षमा व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी चयन भएका छन् । शनिबार म्याग्दे ६ मूलवाराहीमा आयोजित अधिवेशनबाट रेग्मीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट मिलन केन्द्रको उपाध्यक्षमा शुक्लागण्डकी नगरपालिकाकी प्रशासकीय अधिकृत हिमा पोख्रेल, सचिव शिक्षा विकास तथा समन्वय इकाईका विश्वप्रकाश रेग्मी, सहसचिव डिभिजन वन कार्यालयका चुडामणि बराल, कोषाध्यक्ष कारागार कार्यालयका नारायण अधिकारी चयन भएको बताइएको छ ।
यस्तै, अधिवेशनबाट केन्द्रको सदस्यहरुमा म्याग्दे गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने, व्यास नगरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसी, बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, कृषि विकास बैंकका गणेशराज गौली, आन्तरिक राजश्व कार्यालयका युक्त सुवेदी, राष्ट्रिय अनुसन्धानका विष्णुहरि पण्डित, व्या नगरपालिकाका प्रशासन प्रमुख मेघनाथ आचार्य, शिक्षा तालिम केन्द्रका दामोदर कार्की, जिल्ला प्रशासन कार्यालयका लक्ष्मण बराल, पूर्वाधार कार्यालयका विवेक सिग्ग्देल चयन भएको बताइएको छ ।
अधिवेशनमा प्रमुख जिल्ला अधिकारी एवं मिलन केन्द्रका संरक्षण सागर आचार्य, प्रमुख सेनानी मनोज गुरुङ, प्रहरी उपरिक्षक अरुण पौडेल, शसस्त्र प्रहरी उपरिक्षक सन्जय भट्टराइ लगायतकाले निर्वाचित नयाँ कार्यसमितिलाई बधाइ ज्ञापन गरेका थिए ।










