आदिकवि सिटिजन अक्षय छात्रवृत्ति कोष स्थापना

दमौली : तनहुँको व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । क्याम्पस र सिटिजन बैंक, दमौली शाखाबीच व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आदिकवि सिटिजन अक्षय छात्रवृत्ति कोष’ स्थापना गर्ने सम्झौता गरिएको हो ।
क्याम्पसमा मंगलबार आयोजित एक कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले र बैंकका शाखा प्रबन्धक श्याम हरि तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
१ लाख २ हजार रुपैयाँको कोष बैंक र क्याम्पसले ५१/५१ हजार रुपैयाँ बराबरको अंशदानमा स्थापन गरिएको बताइएको छ । दुवै संस्थाले यस अक्षय कोषलाई आगामी वर्षहरूमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।
कोषको मुख्य उद्देश्य व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच वृद्धि गर्नु रहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी गराए ।
हाल क्याम्पसमा बिबिएस र बिबिए कार्यक्रम अन्तर्गत करिब १ हजार विद्यार्थी अध्ययनरत छन्, जसमा ९० प्रतिशतभन्दा बढी तनहुँ, लमजुङ र गोरखा जिल्लाका ग्रामीण तथा आर्थिक रूपमा पिछडिएका वर्गका विद्यार्थीहरू रहेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker