हत्या अभियोगमा फरार रहेका जोगी पक्राउ

दमौली : तनहुँको देवघाट गाउँपालिाक–५ बद्रीमुक्ति बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्या अभियोगमा फरार रहेका एक जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ४६ वर्षीय जोगी भन्ने लोकबहादुर महतलाई प्रहरीले पक्राउ गरेको हो । उक्त वारदात पश्चात् फरार रहेका महतलाई चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लवले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।

यसअघि उक्त घटनामा संलग्न रहेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी बस्ने २८ वर्षीय बुद्धि सारु मगर र मकवानपुरको हेटौडा उपमहानगरपालिका–३ हटिया बस्ने ४२ वर्षीय राम लामा पक्राउ परिसकेका छन् ।

बिहीबार बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयवासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा पुगेको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा निजहरु मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ । पक्राउ परेका तीन जनाले पौडेललाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker