फागुन १२ र १३ गते दमौलीमा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड हुने

भञ्ज्याङ समाचारदाता/डुम्रे

जिल्ला खेलकुद विकास समिति तनहुँले दमौलीमा फागुन १२ र १३ गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड सञ्चालन गर्ने भएको छ । जिल्लाका दशवटै पालिकामा विद्यालयहरु बीच पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि अब जिल्लास्तरीय रनिङशिल्ड गर्न लागिएको हो ।

व्यास-१ भादगाउँस्थित निर्मल माविको खेलमैदानमा रनिङशिल्ड सञ्चालन गरिने समितिका अध्यक्ष अनिल पाण्डेले बताए । व्यास-३ विपी वनवाटिका खेलमैदान सुधारको काम भइरहेकाले निर्मलमा रनिङशिल्ड सञ्चालन गर्न लागिएको उनले बताए।

रनिङशिल्डमा भलिबल, कँराते, एथलेटिक्समा विद्यार्थीबीच प्रतिस्पर्धा गराइनेछ । जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले प्रदेशस्तरीय रनिङशिल्डमा भाग लिन पाउने अध्यक्ष पाण्डेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker