प्रदेश सांसदको आक्रोसः प्रहरीले निजी गाडीलाई संसद प्रांगडमा पार्किङ गर्न दिएन

पोखरा : गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले निजी नम्बर प्लेटका गाडीलाई संसद प्रांगडमा पार्किङ गर्न नदिएर प्रहरीले अपमान गरेको भन्दै आक्रोस पोखका छन् ।

बुधबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले सुरक्षाका कारण देखाउँदै सभा सदस्यका गाडीलाई पनि भित्र पार्किङ गर्न नदिएर बाहिर पठाइएको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसबाट चुनाव जितेका तनहुँका सांसद श्रेष्ठले प्रहरीले अपमानजनक व्यवहार गरेको बताए । ‘निजी गाडीमा संसद प्रवेश गर्दै गर्दा सांसदले प्रहरीबाट धेरै ठूलो अपमानको महसुस ग¥यौं । संसदभित्र प्रवेश गर्दा गाडी रोकियो । मैले मेरो लागो देखाएँ, त्यसपछि गाडीलाई भित्र प्रवेश गर्न दिइयो र म झरें,’ श्रेष्ठले भने, ‘भित्र पार्किङ गर्न नदिइकन गाडीलाई बाहिर पठाइयो ।’

माननीयका निजी गाडीलाई भित्र पार्किङ नदिएको बाहिर पठाउने काम कसको आदेशमा भएको हो भन्दै प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेललाई प्रश्न गरे ।

प्रहरी गाडी बाहिर पठाएर अपमान गर्नेबित्तिकै आफूले सचिव पोखरेललाई भेटेको र उनले माननीयकै सुरक्षाका लागि त्यसो गरिएको जवाफ दिएको उल्लेख गरे ।

‘साढे २ वर्ष भयो प्रदेश सभामा प्रवेश गरेको । अहिलेसम्म सुरक्षा कसले गरिदिएको थियो ?,’ श्रेष्ठले भने, ‘आज आएर अचानक प्रदेश सचिवज्यूलाई कुन कुराको लहड आएर यो खालको आदेश दिने काम गर्नुभयो ?’

प्रदेश सांसदहरुलाई अपमान गर्ने काम बन्द गर्न उनले संसदबाट आग्रह गरे । पछिल्लो समय संसद प्रागंडमा निजी गाडीलाई पार्किङ गर्न दिइएको छैन । निजी गाडीले संसद भवन प्रांगणभन्दा बाहिर पार्किङ गर्नुपर्ने नियम बनाइएको छ ।

प्रहरीले सांसदको लागो हेरेर, सोधेर निजी गाडीलाई प्रवेश दिने गरेको छ । सांसद श्रेष्ठले भने पार्किङ बाहिर गर्न भनेको र प्रहरीले अपमानजनक व्यवहार गरेको भन्दै आक्रोस पोखेका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker