शुक्लागण्डकीको किसेदी गाउँ सडक सञ्जालमा जोडियो, म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसेदी गाउँका सर्वसाधारणलाई सडक भएको ठाउँमा आइपुग्न हिँड्नुबाहेक अर्को विकल्प थिएन । गाउँसम्म पुग्नका लागि पैदलमार्गबाहेक बाटो नभएका कारण करिब ४५ मिनेटको समय हिँड्नुपर्ने बाध्यता थियो । अब भने यहाँका सर्वसाधारणलाई सहज भएको छ । उक्त गाउँ पहिलोपटक सडक सञ्जालमा जोडिएको छ ।

वडा कार्यालयले गाउँसम्म पुग्नका लागि सडक खनेर सकेको छ । वडा कार्यालयको रु चार लाख र स्थानीयवासीको रु ५० हजार गरी रु चार लाख ५० हजारको लागतमा सडक खन्ने काम सम्पन्न भएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार तिहार अगाडिबाट काम शुरु भएको थियो । उक्त सडकको दूरी एक हजार ५०० मिटर छ । किसेदी गाउँका स्थानीयवासी सडक सञ्जाल जोडिएपछि खुशी भएका छन् ।

म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

तनहुँको म्याग्दे गाउँपालिका–५ र ६ जोड्न घेरौदी रिठ्ठेपानी म्याग्देखोलामा बक्स कल्भर्ट निर्माण शुरु भएको छ । घेरौदी रिठ्ठेपानी म्याग्देखोला बक्स कल्भर्ट निर्माण उपभोक्ता समितिमार्फत निर्माण शुरु भएको कल्भर्टको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास गर्नुभयो । सो अवसरमा रानाले निर्धारित समयमै गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर थापाले रु १८ लाखको लागतमा छ मिटर कल्भर्ट निर्माण गर्न लागिएको जानकारी दिनुभयो । म्याग्देखोलामा कल्भर्ट नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिम मोलेरै आवतजावत गर्दै आइरहेका छन् । “कल्भर्ट निर्माण भएपछि सहजरूपमा आवतजावत गर्न सजिलो हुन्छ”, थापाले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker