आँबुखैरेनीमा कृषि बाली पात्रो सार्वजनिक

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुँदै आएका १२ प्रमुख बालीको वैज्ञानिक उत्पादन तालिका तथा जैविक प्रविधिको जानकारी समेटिएको ‘कृषि बाली पात्रो’ सार्वजनिक गरेको छ ।
गाउँपालिका कृषि शाखाको पहलमा तयार गरिएको पात्रोको उद्देश्य किसानलाई सही समयमै बाली रोपाइँ, स्याहार, मल व्यवस्थापन, रोग नियन्त्रण तथा कटाइ–थन्काइ सम्बन्धी समुचित जानकारी प्रदान गर्नु रहेको छ ।
कृषि शाखाप्रमुख सन्तोष केसीले पात्रोले किसानलाई मौसमअनुकूल खेती प्रणाली अपनाउन सहयोग पु¥याउनुका साथै जैविकखेती प्रविधिको प्रचारप्रसार गर्दै दिगो कृषि प्रणालीमा अभिप्रेरित गर्ने बताए ।
पात्रोमा अन्नबाली, तरकारीबाली, दलहन, तेलहन, फलफूल लगायत विभिन्न १२ बालीका विशेषता, बीउ छनोटदेखि भण्डारणसम्मका चरण र जैविक मलको प्रयोग विधि उल्लेख गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker