चितुवा प्रभावित क्षेत्र तनहुँको भानुमा चितुवा गणनाका लागि क्यामरा जडान

डिभिजन वन कार्यालय तनहुँले चितुवा प्रभावित क्षेत्र तनहुँको भानु नगरपालिकामा क्यामरा जडान शुरु गरेको छ । नगरपालिकाको विभिन्न सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको हो। डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ।

भानु नगरपालिका-२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु-४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुइ/दुइ क्यामरा जडान गरिएको बरालले जानकारी दिनुभयो । बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो ।

‘चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ’, बरालले भने, ‘१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्र्छौ ।’

पछिल्लो दुइ वर्षो अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताए ।

बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुइ सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । ‘चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ’, बरालले बताए। क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका दुइ प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पुर्‍याएका छन्। बरालका अनुसार क्यामराको अगाडी आउने सबै चिजको तस्विर क्यामरामा कैद हुनेछ ।

चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको संख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्ने बताइएको छ । यस अवधिमा चितुवाको ताजा दिसा संकलन गरी त्यसको डिएनएन परीक्षण गर्ने पनि तयारी डिभिजन वन कार्यालयले गरेको छ ।

क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतंकबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताए ।

वन्यजन्तुको वासस्थान, खानपिन, विचरण लगायतका क्षेत्र मानिसले खलबलाउने कार्य बढ्दै गएकाले पछिल्लो समय तनहुँमा मानव र वन्यजन्तु बीच द्वन्द्व बढेको छ । द्वन्द्वका कारण ठूलो मात्रमा जनधनको क्षति समेत भएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker