दमौलीस्थित भादगाउँबाट खुकुरी प्रहार गर्ने एक जना पक्राउ

दमौली : तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा बिहीबार साँझ वृद्धमाथि खुकुरी प्रहार गर्ने एक युवकलाई पक्राउ गरिएको छ । स्थानीय ५६ वर्षीय सिद्धबहादुर ठकुरीमाथि सोही ठाउँका १९ वर्षीय विशाल मल्ल ठकुरीले खुकुरी प्रहार गरेका थिए ।
एक आपसमा झैझगडा हुँदा विशालले खुकुरी प्रहार गरी सिद्धबहादुरलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
थापाका अनुसार घाइतेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्नेलाई नियन्त्रणमा लिएर थप अनुसन्धार अगाडि बढाइएको छ ।










