एमसीसीको विरोधमा सिठ्ठी जुलुश

भञ्ज्याङ समाचारदाता/दमौली

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर अहिले देशभर विरोध प्रदर्शन भइरहेको छ । देशलाई घाटा पुग्ने गरी एमसीसी सम्झौता गर्न लागेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले दमौलीमा प्रदर्शन गरेका छन्। पार्टीका तर्फबाट बजारमा सिठ्ठी जुलुश तथा सभा गरिएको थियो ।


दमौली अनशन चौतारीमा गरिएको सभामा नेता डम्बर विकले देशको अहित हुने सम्झौता सत्ताधारी र विपक्षीसमेत मिलेर हुन लागेको भन्दै यसको विरोध गरिएको बताए । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै संसदबाट अनुमोदन नगरी खारेज गर्न र राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको बताइएको छ । उनीहरुले विरोधमा एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसीसी लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए भने सिठ्ठी बजाउदै विरोध गरी दमौली बजार परिक्रमा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker