तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित, कस्को कति मत ?

तनहुँ : गत विहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

डा. वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पछि पार्दै तनहुँ–१ बाट दोस्रोपटक संसदीय यात्रा तय गरेका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० मत प्राप्त गरेकी छन् ।

१ लाख २६ हजार ८८२ मतदाता रहेकोमा ६६ हजार ६९८ मत खसेको थियो । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

२०८० को उपनिर्वाचनमा डा. वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मदवार गोविन्द भट्टराईलाई १४ हजार ७९७ मतान्तरले पराजित गरेका थिए ।

उक्त उपनिर्वाचनमा ६३ हजार ७५७ मत खस्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका थिए ।

कस्को कति मत ?

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker